हलमा स्वस्तिमाको ‘चपली हाइट ३’

काठमाडौँ । पुस ३० गते शुक्रवारबाट नेपाली चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा आएको छ । कोरोना भाइरसको कारण प्रदर्शन तय भएर रोकिएको चलचित्र करिब २ वर्ष पछि हलमा लागेको हो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । दुई हप्ता अघि ‘कठपुतली’ प्रदर्शनमा आएको थियो । त्यो पछि अर्जुन कुमार निर्मित चलचित्रले सोलो रिलिजको अवसर पाएको हो ।

तर चलचित्र हलमा खोप कार्ड बिना जान नपाइने भएको छ भने ५० प्रतिशत अकुपेन्सी सहित हलमा चलचित्र लगाउनु पर्ने नियम छ । यसले चलचित्र हेर्न आउने दर्शकलाई प्रभाव पर्ने पक्का छ । त्यति मात्रै नभएर पछिल्लो समय बढेको ओमिक्रोन भाइरसको सङ्क्रमण दरका कारण समेत दर्शक मनोरञ्जनमा भन्दा पनि स्वास्थ्य प्रति सजग रहेकोले यसको प्रभाव चलचित्रमा पर्ने सम्भावना रहन्छ ।

अप्ठ्याराका बाबजुद चलचित्र हलमा लागेको छ । दर्शकले चलचित्र मन पराउने निर्माण टिमको अपेक्षा छ । निकेश खड्काको निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । यस चलचित्रका अघिल्ला दुई सिरिज बक्स अफिसमा सफल साबित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *