कुशल र दीपेन्द्रको अर्धशतकमा पुलिसको उच्च स्कोर

काठमाडौँ । प्रधान मन्त्री कप टी ट्वेन्टी क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकमा पुलिसले कर्णालीलाई ठूलो लक्ष्य दिएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनायो। उसको उच्च स्कोरमा ओपनर भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्कासहित ८२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए ।

त्यस्तै पवन सराफले २२ रन बनाउँदा आरिफ शेख ९ बलमा १८ रन बनाएर नटआउट रहे । त्यस्तै दिलीप नाथले १० बलमा ३१ रनको नटआउट इनिङ खेले। कप्तान मन्जित श्रेष्ठले १९ रन बनाएका थिए। कर्णालीका लागि अनुज चुनरा, प्रकाश जैसी र रवीन्द्र शाहीले समान २२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *