सहकारीबाट साढे ५ लाख चाेरी

पाेखरा । स्याङ्जास्थित गल्याङ नगरपालिका ७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारीबाट साढे ५ लाख चाेरी भएकाे छ ।

मंगलबार उक्त सहकारीबाट ५ लाख ५० हजार चोरी भएको प्रहरीले जनाएको छ । तल्लो गल्याङको पुलपारी पुल्चोकमा रहेको उक्त सहकारीमा चोरी गर्दै गरेको भिडियो नै सार्वजनिक भएकाे छ ।

सहकारी नजिकैको एउटा घरमा समेत चोरी भएको प्रहरीले जनाएको छ । चाेरीमा संलग्नकाे खाेजी भैरहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =