अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भिड (तस्बिरहरू)

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहर ओमिक्रोन सुरु भएसँगै खोप केन्द्रमा खोप लगाउनेको संख्या बढ्दै गएको छ । पहिले खोप लगाउन छुटेका र उमेर नपुगेकाहरु अहिले खोप लगाइरहेका हुन् ।

उनीहरु काठमाडौँ उपत्यकाका टेकु, प्रसुती गृह, निजामती अस्पातल लगाएतका सरकारी अस्पतालबाट कोभिडविरुद्धको खोप लगाइरहेका छन् । नयाँ वानेश्वरमा रहेको निजामती अस्पतालमा भरोसेलको पहिलो तथा दोस्रो र एकपटक मात्र लगाएर पुग्ने जोन्सन एण्ड जोन्सन खोप दिइरहेको अस्पाताल प्रशासनले जनाएको छ । सो अस्पतालमा खोप लगाउनेको भिड छ ।

कोभिड-१९ बढ्दै गएपछि सरकारले कडाइ गरिरहेको छ । तर, कोरोनाबाट सुरक्षीत रहन खोप लगाउन जानेहरु भिडमा उभिन बाध्य भएका छन् । कोरोानाबाट काठमाडौँ उपत्यका प्रशासनले स्मार्ट लकडाउन गरेको छ । तर, खोप लगाउन जानेहरुले स्वास्थ्य सम्बन्धि कुनै सुरक्षा अपनाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *