बतासको बचाउमा पोखरा उद्योग वाणिज्य संघको विज्ञप्ति

नागरिक दायित्व भुलेर सम्पदा विनाश गर्नेलाई उल्टाे क्षतिपूर्ति माग

काठमाडौँ । नारायणीहिटीलगायत देशका पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुमा बतास समूहले गरेको व्यापारको बचाउमा पोखरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गरेको छ ।

संघको विज्ञप्तीमा सरकारले नै बोलपत्र आह्वान गरी सम्झौता गरेर त्यस्ता सम्पदाहरु भाडामा लगाएको भन्दै बसास समूह चोखो रहेको आशय व्यक्त गरिएको छ ।

विज्ञप्तिमा सरकारले गरेको सम्झौताभन्दा बढी जमिन बतास समूहले हडपेर नारायणीहिटीमा भौतिक संरचना निर्माण गरेको र देशको सम्पदा बचाउन व्यवसायीलगायत प्रत्येक नागरिकको दायित्व र नैतिक जिम्मेवारी हुनेबारे भने केही उल्लेख गरिएको छैन ।

उल्टाे एक नागरिककाे दायित्व भुलेर सम्पदा विनाश गर्ने कार्यमा संलग्न हुँदै बनाइएका भाैतिक संरचना निर्माणामा भएकाे खर्चकाे क्षतिपूर्तिसमेत माग गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *