सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौँ । सरकारले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको जनाएको हो ।

मन्त्रालयले सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ । यस्तै अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् । कोभिड बढ्दै गएपछि सरकारले कडाइ गर्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *