थप ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *