कैलालीमा १२ बुँदे आदेश जारी (आदेशसहित)

धनगढी । कोरोना भाइरसको तेस्रो लहरलाई लक्षित गर्दै कैलालीमा १२ बुँदे आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले सवैमा सावधानी अपनाउन आह्वान गर्दै १२ बुँदे आदेश जारी गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवम् गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको जारी सूचनामा उल्लेख छ । जारी आदेश बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

आदेशअनुसार जिल्लामा एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । त्यस्तै, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, उद्यानलगायत)मा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने छ । खोपकार्ड (मोबाइलमा फोटो) भए पनि मान्य हुने उल्लेख छ ।

आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ । १५ गतेसम्म भौतिक रुपमा पठनपाठन गर्न रोक लगाइएको छ भने जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालय भिडभाड नहुने गरी सञ्चालन गर्न आदेश जारी गरिएको छ ।

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *