व्यक्तिगत तस्बिर भाइरल भएका बलिउड सेलिब्रेटी

दैनिक भास्कर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको प्रेमीसँगको अन्तरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  तस्बिरमा उनी २०० करोडको मनी लन्ड्रिङको आरोपी सुकेशसँग देखिएकी छन् । सुकेशसँग उनको सम्बन्ध पुष्टि गर्ने यो भाइरल तस्बिरमा अभिनेत्रीको घाँटीमा ‘लभ बाइट’ समेत देखिन्छ । नायिकाले आफ्ना निजी तस्बिरहरू भाइरल नगर्न मिडियालाई अपिल गरेकी छन् । तर, यी तस्बिरहरू फैलिने क्रम रोकिएको छैन ।

ज्याकलिन भन्दा पहिला पनि धेरै भारतीय सेलिब्रेटीको यस प्रकारको तस्बिर भाइरल भएका छन् । आज हामी यही विषयमा चर्चा गर्दै छौ :

सनी देवल-डिम्पल कपाडिया
डिम्पल कपाडिया र सन्नी देवलको प्रेमको चर्चा १९८४ मा रिलिज भएको चलचित्र ‘मन्जील मन्जील’ को छायांकनको क्रममा सुरु भएको थियो । तर दुवै विवाहित भएका कारण उनीहरू केही समयमा नै अलग भए । सम्बन्ध अन्त्यको ३३ वर्ष पछि पुनः यी दुई चर्चामा आए । सन् २०१७ मा सन्नी देओल छुट्टी मनाउन लन्डन गएका थिए, जहाँ उनीहरू दुईका केही तस्बिर भाइरल भएका थिए । सार्वजनिक तस्बिर र भिडियोमा सन्नी लन्डनको बस स्टपमा डिम्पलको हात समातेर बसेका देखिन्छन् ।

कट्रिना केफ-विक्की कौशल
विक्की कौशलसँग सम्बन्धमा रहँदा कट्रिना केही महिनासम्म आफ्नो सम्बन्धबारे मौन बसेकी थिइन्  । तर उनको एउटा तस्बिरले उनीहरूको सम्बन्धको रहस्य खोल्यो । कट्रिनाको एक तस्बिरमा उनी पहेँलो टी-सर्ट लगाएका एक व्यक्तिलाई अँगालो हालेर बसिरहेकी छन् । केही समय पछि सोही पहेँलो टिसर्टमा विक्कीलाई देखिएको थियो । उनले उक्त पोस्ट पछि हटाइन् तर तस्बिर भाइरल भइसकेको थियो ।

रणवीर कपुर-माहिरा खान
चलचित्र सन्जुको छायांकनका ​​लागि न्यु योर्क पुगेका रणवीर कपूरको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको थियो । यो तस्बिरमा पाकिस्तानी अभिनेत्री माहिरा खान, रणवीरसँग चुरोट पिइरहेको देखिएकी छन् । तस्बिर आएपछि मानिसहरूले उनीहरूको सम्बन्धको बारेमा अफवाह फैलाउन थाले र माहिरालाई चुरोट पिएकोमा ट्रोल गरेका थिए ।

ऋतिक रोशन-कंगना रनावत
कंगना रनावतले एक अन्तर्वार्तामा ऋतिक रोशनलाई आफ्नो ‘सिली एक्स’ भनेकी थिइन्, जसले यी दुईबीचको सम्बन्धको खुलासा गरेको थियो । अभिनेताले कंगनाविरुद्ध साइबर स्टकिङको मुद्दा दायर गरेका थिए, जसलाई अस्वीकार गर्दै कंगनाले उनीविरुद्ध काउन्टर केस गरेकी थिइन् । ऋतिकले कंगनासँगको आफ्नो सम्बन्धको बारेमा कहिल्यै स्वीकार गरेनन् ।

सलमान खान-युलिया वन्तुर
पहिलो लकडाउनको समयमा युलिया वन्तुर इन्स्टाग्राममा लाइभ आएकी थिइन् । लाइभ सेसनमा अचानक सलमान खान उनको पछि आए । पछि, युलियाले इशारा गरेर सलमानलाई पछि हट्न भनिन् । लाइभबाट दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसले दुबै जना लकडाउनमा पनवेलको फार्म हाउसमा एकसाथ रहेको स्पष्ट पारेको थियो ।

अनुष्का शर्मा-विराट कोहली
विराट-अनुष्काले सुरुदेखि नै आफ्नो सम्बन्धलाई लिएर मौन थिए । तर, यी दुईको प्रेमको बारेमा एउटा तस्बिरले खुलासा गरेको थियो । लन्डनमा रहँदा यो जोडीको एउटा तस्बिर भाइरल भएको थियो, जसमा दुवैले एक अर्काको हात समातेर हिँडिरहेका थिए । अहिले यी दुईले विवाह गरेर एक छोरी जन्माएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *