प्रधान मन्त्री निवासमा फैलियो कोरोना, देउवाको फेरि पीसीआर परिक्षण गरिने

काठमाडौँ । प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस (कोभिड-१९) फैलिएको छ । प्रधान मन्त्री कार्यालयमा कार्यरत भान्से र प्रधान मन्त्री शेरबहादुर देउवाकाे सुरक्षामा खटिने अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

सोमबार प्रधान मन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारीको पीसीआर परिक्षण गरिएको थियो । प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि भान्से र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रधान मन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका उनुसार प्रधान मन्त्री देउवाको बिहीबार पुनः पीसीआर परिक्षण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *