फरक क्षमताका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (तस्बिरहरू)

काठमाडौँ । काठमाडाैँको गोकर्णेश्वरमा फरक क्षमता भएका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । फरक क्षमताका विद्यार्थी पढ्ने गोकर्णेश्वर नारायणटारमा रहेको श्री खगेन्द्र नवजीवन विशेष माध्यामिक विद्यालयमा विशेष क्षमता भएका १२ देखि १८ वर्ष मुनीका विद्यार्थीलाई फाइजर खोप लगाइएको हाे ।

यो विद्यालयमा अध्ययनरत ८७ जना फरक क्षमताका विद्यार्थी र सोही परिसरमा रहेको एसओएस चिल्ड्रेन भिलेजमा रहेका २५ जना फरक क्षमताका सोही उमेरर समुहका बालबालिकालाई आज कोरोना विरुद्धको खोप लाइएको हो । फरक क्षमताका ८७ जनासहित विद्यालयका अन्य विद्यार्थीलाई पनि फाइजर खोप लगाइएको विद्यालयले जनाएको छ । यो विद्यालयमा ४५१ जना विद्यार्थी रहेकोमा ८७ जना फरक क्षमताका रहेको विद्यालयले जनाएको छ ।

सरकारले १२देखी १८ वर्ष मुनीका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोर्डना र फाइजर खोप दिइरहेको छ । सम्बन्धित पालिका मार्फत विद्यालयमै खोप अभियान संचालन भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *