बलिउड चलचित्रमा अभिनय गर्दै विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । उनी ‘एनिमल’ चलचित्र छायांकनका लागि अगस्टमा भारत जाने भएका हुन् ।

विपिन अभिनीत चलचित्र ‘सेल्फी किंग’ को भूमिका मन परेर उनलाई ‘एनिमल’ चलचित्रका लागि अफर गरिएको हो । यो चलचित्रमा समेत उनको भूमिका सेल्फी किंगसँग मिल्दोजुल्दो रहेको छ ।

सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेको यो चलचित्रमा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिणिती चोपडाले अभिनय गरिरहेका छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको छायांकन चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *