यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ

काठमाडौँ । यौन आनन्दका लागि श्रीमती साटासाट गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । दक्षिण भारतीय राज्य केरेलामा प्रहरीले यौनकर्मीको लागी श्रीमती साटासाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

न्युज इन्डिया एक्सप्रेसले उल्लेख गरेअनुसार थप २५ जना निगरानीमा छन् । एक महिलाले गरेको उजुरीको आधारमा उनीहरू केरेलाको कोतायामबाट पक्राउ परेका हुन् । उक्त महिलाले आफ्ना श्रीमानले आफूलाई अर्को पुरुषसँग साटेको भन्दै उजुरी दिएकी थिइन् । ती महिलाको उजुरी पछि श्रीमती साट्नेको झुण्ड नै भारतीय प्रहरीले फेला पारेर धमाधम पक्राउ गरिरहेको छ ।

श्रीमानले अर्कोसँग साटेको उजुरीकर्ता महिलाले आफूलाई अप्राकृतिक यौन सम्पर्कका लागु दबाब दिइएको समेत उल्लेख गरेकी छिन् । श्रीमती साटासाट गर्ने झुण्ड झन्डै एक हजार जनाको भएको प्रहरीको अनुमान छ । म्यासेन्जर र टेलिग्राममा जोडिने र क्रमशः दुई दम्पतीहरू मिलेर भेटघाट र यौन सम्पर्क गर्न आफ्ना पाट्नर साट्ने प्रचलन भएको प्रहरीले पत्ता लगाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सन २०१९ मा पनि भारतीय प्रहरीले यस्तै झुन्डलाई पक्राउ परेको थियो । सेयर च्याट नामक एक म्यासेन्जर ग्रुप बनाएर श्रीमती साटेको पाइएपछि प्रहरीले थुप्रैलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

One thought on “यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *