भानुभक्त र आङफिन्जोले राखे विश्वकै लामो रेडियो अन्तर्वार्ताको रेकर्ड

काठमाडौँ । पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले लामो रेडियो अन्तर्वार्ता विधामा विश्व रेकर्ड राखेका छन् । उनीहरूले २५ घन्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्तामार्फत विश्व रेकर्ड राखेका हुन् ।

भानुभक्त हिमाल एफएम (९०.२ मेगाहर्ज) का प्रबन्ध निर्देशक हुन् भने आङफिन्जो एफएम सञ्चालक समितिका उपाध्यक्ष हुन् । लामो समययता पर्यटन क्षेत्रमा क्रियाशील आङफिन्जाे ईकाे हिमाल नेपालका अध्यक्षसमेत हुन् । उनै आङफिन्जोसँग भानुभक्तले २५ घन्टा बढी अन्तरर्वार्ता गरेर विश्व रेकर्ड राखेका हुन् ।

‘पर्यटन र जनवायु परिर्वतनका असर’ विषयक विश्वकै लामो रेडियो अन्तर्वार्ता गत नोभेम्बर ८ र ९ तारेखमा हिमाल एफएमको शाखा कार्यालय, काठमाडौँमा रेकर्ड भएको थियो । भानुभक्त र आङफिन्जोको दाबीलाई गिनिज बूक अफ वर्ल्ड रेकर्डले मान्यतासमेत प्रदान गरिसकेको छ ।

भानुभक्तले रेकर्ड होल्ड गरेपछि खुसी व्यक्त गर्दै भनेका छन्, ‘यो रेकर्डले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्त्व राख्नेछ ।’ यो विधाकाे रेकर्ड व्यक्तिको मात्रै नभइ देशकै भएकाे भानुभक्त बताउँछन् ।

यसअघि यो विधाको रेकर्ड अष्ट्रेलियाको पोल्टामा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =