विमानस्थलमा स्वागत र बिदाइका लागि जान नपाइने, भिजिटर पास पनि बन्द

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थलमा नजान अनुरोध गरेको छ । कार्यालयले  मंगलबार सूचना जारी गर्दै बढ्दै गएको कोभिड–१९ को जोखिम कम गर्न स्वागत र बिदाइका लागि विमानस्थलमा नजान आग्रह गरेको हो । कार्यालयले विमानस्थलमा स्वास्थ्य सतर्कता अपनाउन र भीडभाड नगर्न पनि आग्रह गरेकाे छ ।

सूचनामा भनिएको छ, ‘कोभिड-१९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ ।’ कार्यालयले अति नै जरुरीबाहेक भिजिटर पास उपलब्ध नगराउने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *