लुम्बिनीमाथि बागमतीको सहज जित

काठमाडौँ । प्रधानमन्त्री कप टी-ट्वेन्टी क्रिकेटमा बागमतीले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकालेको छ। मुलपानी मैदानमा भएको खेलमा बागमतीले लुम्बिनीसामु १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा लुम्बिनी ६५ रनमै सिमित भएपछि बागमतिले ४९ रनको जित हात पारेको हो ।

पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको बागमतिका ‌लागि सुवास खकुरेलले ५१ रन बनाए । खकुरेलले ५३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै ओपनर इशान पाण्डेले १३ र कप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाएका थिए।

लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले २-२ र बसिर अहमद र विक्रम भुसालले १-१ विकेट लिए । १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी खराव प्रदर्शन गर्यो । २६ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनी ६५ रन बनाउँदा अलआउट भयो ।

लुम्बिनिका लागि कप्तान कृष्ण कार्कीले १६ तथा बसिर अहमद्दले ११ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर गर्न सकेनन् ।

बागमतीका लागि नन्दन यादवले ३ तथा रामनरेश गिरी, सुवास खत्री र तिलक भण्डारीले २-२ विकेट लिए। रिजन ढकालको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *