‘हेल्लो जिन्दगी’ को प्रचार शुरु

काठमाडौँ । चलचित्र ‘हेल्लो जिन्दगी’ ११ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति तय भएसँगै निर्माण टिमले प्रचार प्रसार शुरु गरेको हाे ।

यही क्रममा अभिनेता तथा निर्माता विक्रम डी जोशीले आफ्ना स्कुले सिद्धार्थ वनस्थली-२०४७ को साथीहरूलाई ‘हेल्लो जिन्दगी’ अङ्कित ‘टोकन अफ लभ’ बाडेका छन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो चलचित्र बेलायत र नेपालमा खिचिएको हो ।

चलचित्रका निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्माता सबिता गुरुङ हुन् ।

चलचित्रमा जोशीका साथमा प्रियङ्का कार्की, दीपिका प्रसाईँ, विल्सन विक्रम राई, एभरेस्ट सूर्य बोहरा, विक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार वैरागको अभिनय छ । निर्देशक बोहरा र विक्रम डी जोशीको कथा रहेको चलचित्रको लाइन प्रोड्युसरमा डी क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *