भौतिक उपस्थितिमा हुने बैंककाे काम सकेसम्म कम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भौतिक रुपमा हुने कामलाई सकेसम्म कम गर्न नयाँ निर्देशन जारी गरेको छ । कारोना भाइसरको नयाँ भेरियन्टको संक्रमण दर बढेसँगै भौतिक रुपमा हुने कामलाई कम गर्न बैंक तथा वित्तीय संस्था र सेवाग्राहीलाई निर्देशन जारी गरेको हो ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरषा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको संक्रमणको जोखिम न्यूनिकरण गर्न आवश्यक उपाय अपनाउन पनि आग्रह गरेको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्वस्था मिलाई सेवा दिन, एटीएम बुथहरुबाट हुन सक्ने जोखिम कम गर्न त्यस्ता बुथको ढोका खुलै राख्न, सेनीटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न आग्रह गरेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रम भौतिक दूरी कायम गरी गर्न तथा सकेसम्म भर्चुअल(अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *