रेशमराज तिमिल्सैना हत्या मुद्दाका साक्षी मृत फेला, हत्याको आशंका

कैलाली । अछाममा दुई महिना अघि हत्या गरिएको भनिएका रेशमराज तिमिल्सैनाको हत्या मुद्दाका साक्षी रहेका भानुभक्त तिमिल्सैना मृत फेला परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिका ५ कुइकाका ३७ वर्षीय भानुभक्त तिमिल्सैनाको शव उनको घरबाट करिब ५०० मिटरको दुरीमा भेटिएको हो। उनको हत्या भएको आफन्तले दाबी गरेका छन् ।

उनी गत कार्तिक २ गते राति गैटाणमा हत्या गरिएका रेशमराज तिमिल्सैनाको मुद्दामा नेपाल सरकारतर्फका साक्षी रहेका थिए ।

रेशमराजको मुद्दाका साक्षीसमेत रहेका मृत भेट्निुले घटना थप संकास्पद देखिएको छ । शव भेटिएपछि सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *