‘विक्रम वेधा’ रिमेकमा ऋतिक

काठमाडाैँ । तामिल चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेक बन्ने भएको छ । आर माधवन र विजय सेतुपति अभिनीत यो चलचित्रको हिन्दी रिमेकमा ऋतिक रोशनले अभिनय गर्ने भएका छन् ।

२०१७मा रिलिज भएको चलचित्रको रिमेक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर ऋतिकको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

एक्सन-थ्रिलर चलचित्रमा सैफ अलि खान पनि मुख्य भूमिकामा रहने छन् । राधिका आप्टेको समेत अभिनय रहने चलचित्र ३० सेप्टेम्बर २०२२ बाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *