जिम नखुल्दा असन्तुष्ट परेश रावल

कोरोना सङ्क्रमित बढेसँगै महाराष्ट्र सरकारले नयाँ नियम लागू गरेको छ ।  थिएटर, रेस्टुरेन्ट र बारमा जम्मा क्षमताको आधा मात्र उपस्थिति हुनुपर्ने छ भने स्विमिङ पुल, जिम, स्पा, वेलनेस सेन्टरहरू बन्द रहनेछन् । अभिनेता परेश रावलले जिम बन्द गर्ने निर्णयबारे प्रश्न उठाएका छन् ।

परेशले ट्विट गरेका छन्, “ट्रेन, थिएटर र बार तथा रेस्टुरेन्टहरू पचास प्रतिशत क्षमताको साथ खुला रहन अनुमति दिए तर जिमहरू छैनन् ! यसको पछाडि को तर्क के ? आफ्नो स्वास्थ्यको ख्याल गर्नु अपराध हो ? यो अत्यावश्यक सेवा हैन ?” तर, परेशको यो प्रश्नमा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई जिम बन्द गर्नुको कारण बताएका छन् ।

कोरोनाको नयाँ लहरले बलिउड चलचित्रको छायांकन प्रभावित भएको छ । यसकै कारण ‘जर्सी’, ‘पृथ्वीराज’, ‘आरआरआर’ र ‘राधेश्याम’ जस्ता चलचित्रको प्रदर्शन स्थगित भएको छ भने ‘टाइगर ३’ र ‘रकी और रानी की प्रेम कहानी’को छायांकन रोकिएको छ । पछिल्लो समय जोन अब्राहम, उनकी श्रीमती प्रिया रुञ्चल, एकता कपूर, मृणाल ठाकुर, मधुर भण्डारकर, नफिसा अलि, अरिजित सिंह लगायत बलिउड कलाकार कोरोनाको सङ्क्रमणमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *