राष्ट्र बैंकले सोमबार १६ अर्बको ‘ट्रेजरी बिल’ जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँको ट्रेजरी बिल वितरण गर्ने भएकाे छ । जारी गर्ने भएको छ । यसका लागि सोमबार नै को बोलकबोल गर्ने भएको छ। बाेलकबाेलबाट छानिएकाहरूलाई मंगलबार बिल वितरण गरिने बताइएकाे छ ।

राष्ट्र बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने सोमबार गर्ने भएको हो ।

केन्द्रीय बैंकले माघ २५ गते परिपक्व हुने गरी २ अर्ब रुपैयाँको २८ दिने, चैत २९ गते परिपक्व हुने गरी ८ अर्ब रुपैयाँको ९१ दिने र २८ असारमा परिपक्व हुने गरी ६ अर्ब रुपैयाँको १२८ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।

सोमबार दिउँसो २ बजेदेखि अनलाइनमार्फत यो बोलकमल हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणले सहभागी हुन पाउने छन् ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग राष्ट्र बैंकमार्फत जारी गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।

केन्द्रीय बैंकले सबैभन्दा पहिले विसं. २०१८ सालमा १ प्रतिशत व्याज दिने गरी प्रमिसरी नोटको रूपमा जारी गरेको थियो ।

२०४५ मङ्सिर १० देखि बोलकबोल प्रक्रियाबाट बाँडफाँट हुने गरी यो सरकारी ऋणपत्र निस्कासन गर्न थालिएको हो । २०४८ साल पुसदेखि पुसदेखि हरेक साता ट्रेजरी बिलको बिक्री सुरु गरियो । २०७२ असारदेखि भने अनलाईनमार्फत यस्तो विल बिक्री हुँदै आएको छ ।

यसलाई ठूलो आकारको सुरक्षित लगानीका रुपमा बैंक तथा वित्तीय संस्था र व्यक्तिले बिल खरिद गर्ने चलन छ । यस्तो ऋणपत्रलाई परिपक्व हुने समयभन्दा अडाडि आवश्यकता अनुसार रिपो, सोझै खरिद र वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा जस्ता कार्यमा धितोका राष्ट्र बैंक समक्ष पेश गर्न सक्छन् । सर्वसाारणले भने धितोको रुपमा राखेर बैंक वित्तीय संस्थाबाट ऋण लिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *