२४ घण्टामा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै पछिल्लो पछिल्लो २४ घण्टामा २२४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टाको संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *