नेप्सेमा उत्साहजनक वृद्धि : ७३ अंकले बजार बढ्दा ७ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन १३.२१ ऋंकले बढेर ५१९.३७ बिन्दुमा पुगेको छ ।

यस दिन २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ ह्जपार ५ सय ९१ रुपैयाँमा कारोबार भयो ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमटेड, हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, युनियन हाइड्रो लिमिटेड, मध्य भोटेकोसी जस्ता कम्पनीको सेयर मूल्य समेत बढेका छन् ।

यस दिन सबै प्रकारका कम्पनीहरुको समूहगत उपसूचक समेत हरियो भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *