बालविकासका शिक्षकलाई ताेकिएकाे तलब उपब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौँ आयोजित एसोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए ।

बाल्यावस्थामा बालबालिकाको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।
‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सँस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिला नै अघि भएको बताउँदै पेशामा लाग्नेलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

‘तपाईंका अप्ठ्यारा छन् मैले बुझ्छु’ उनले भने, ‘तोकिएको तलब तथा अन्यसमस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बालविकासका शिक्षकलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *