कर्णालीका ८ जिल्लामा एमाले अधिवेशन जारी, डोल्पामा बुढा सर्वसम्मत

सुर्खेत । शुक्रबारदेखि कर्णालीका १० मध्ये आठ जिल्लामा शुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशन जारी छ । सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र दैलेखमा शुक्रबारदेखि अधिवेशन शुरू भएको हो भने कालिकोटको अधिवेशन आज (शनिबार)देखि शुरू भएको हाे ।

कर्णालीका आठ जिल्लामा जारी एमाले अधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतको प्रयास जारी रहेको एमाले कर्णाली प्रदेशले जनाएको छ । भने धेरै जसो जिल्लाहरूमा बन्द सत्र जारी रहेको छ । उक्त अधिवेशन चलिरहँदा डोल्पामाले भने नयाँ जिल्ला अध्यक्ष पाएको छ । जसमा युवा नेता शेरबहादुर बुढा सर्वसम्मत चयन भएका हुन् ।

पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट ६ जना आकांक्षीमध्ये सहमति जुटाउँदै बुढा अध्यक्षमा निर्विरोध चयन भएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार अन्य पदाधिकारीको नाम टुङ्गो लागेको छैन ।यस्तै, सुर्खेतमा जारी बन्दखसत्र शनिबार दिउँसो सकिएको छ । नयाँ नेतृत्व चयनका लागि नेताहरु जुटेका प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार सुर्खेतमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । सुर्खेतमा आकांक्षीहरु धेरै देखिएका छन् । अध्यक्षका लागि जिल्लामा ६ जनाले आकांक्षा व्यक्त गरेपनि चर्चामा भने चार जनाको नाम छ । जसमा बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा र वर्तमान अध्यक्ष धुर्वकुमार शाही रहेका छन् । यद्यपि नेतृत्व चयनका लागि छलफल भइरहेको छ ।

यस्तै दैलेखमा पनि बन्द सत्र सकिएको छ । दैलेखमा अहिले राजनीतिक प्रतिवेदन प्रस्तनु भइरहेको छ भने नेतृत्व चयनका लागि नेताहरुले ‘लबिङ’ गरिरहेका छन् । दैलेखमा अध्यक्षका लागि चार जनाले दाबी गरेका छन् ।

वर्तमान पार्टी अध्यक्ष रविन्द्रराज शर्माले पुनः दोहोरीने चाहना व्यक्त गरेका छन् भने पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाही र प्रदेश सभा सदस्य तथा युवा नेता सुशिलकुमार थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *