एमाले डोल्पा अध्यक्षमा बुढा सर्वसम्मत 

सुर्खेत । नेकपा एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा सर्वसम्मत चयन भएका छन् । शुक्रबारबाट शुरू भएको एमाले डोल्पाको छैटौँ जिल्ला अधिवेशनबाट बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षमा विश्वचन्द्र डसाल, सचिवमा लकबहादुर रोकाया , सह–सचिवमा धावासम्डुक गुरुङ र  सुनराम बुढा सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *