विष्णु र आँचल अभिनित ‘हिटम्यान’को टिजर सार्वजनिक

काठमाडौँ । अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । नेपाली भाषामा समेत निर्माण हुने चलचित्रमा भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार अधिकारीले बताए । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

चलचित्र विष्णु अधिकारीले निर्देशन गरेका छन् भने चलचित्रमा प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहेको छ। चलचित्रलाई नेपाल र भारतमा प्रदर्शन गरिने निर्माणपक्षले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *