जोहानेसवर्गमा २९ वर्षपछि भारत पराजित

काठमाडौँ । जोहानेसवर्गमा भएको भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले ७ विकेटले जितेको छ । २४० रनको लक्ष्य पाएको घरेलु टोलीले केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

भारतले जोहान्सबर्ग मैदानमा २९ वर्षपछि पहिलो हार भोगेको हो । जोहन्सबर्गको वान्डरस मैदानमा भारतले सन् १९९२ मा खेलेको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक यो मैदानमा भारतले २०१८ मा दक्षिण अफ्रिकालाई ६३ रनले हराएको थियो। दक्षिण अफ्रिकाले भारत विरुद्धको खराव इतिहासको अन्त गर्ने क्रममा ७ विकेटको जित निकाल्यो ।

विराट कोहली अस्वस्थ भएपछि भारतीय टिमको कप्तानी पहिलो पटक केएल राहुलले गरेका थिए। जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

दक्षिण अफ्रिकाको जितमा कप्तान डीन एल्गरले सानदार इनिङ खेले। उनी १८८ बलमा ९६ रन बनाएर अविजित रहे । एल्गरले टेस्ट करियरको १९ औँ तथा भारत विरुद्ध चौंथो अर्धशतक प्रहार गरे । भारतका मोहम्मद सामी, सार्दुल ठाकुर र रबिचन्द्रन आश्विनले १-१ विकेट लिए ।

पहिलो इनिङमा भारतले २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले २२९ रन बनाउँदै २७ रनको अग्रता लियो । दोस्रो इनिङमा भारतले २ सय ६६ रन बनाएपछि दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *