चलचित्र ‘परस्त्री’ बन्ने

काठमाडौँ । चलचित्र ‘परस्त्री’ बन्ने भएको छ । दीपेन्द्र के खनालको लेखन रहने चलचित्र सुरज पाण्डेले निर्देशन गर्नेछन् । डिएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्र निर्माण घोषणा कार्यक्रममा ‘परस्त्री’लाई नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिने जानकारी गराइएको छ । कोसिस क्षेत्रीको मुख्य भूमिका रहने चलचित्रका अन्य कलाकार भने फाइनल भैसकेका छैनन् ।

निर्माण टिमका अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसन मार्फत छानिने छन् । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । चलचित्र नीरज कँडेलले छायांकन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *