चलचित्र ‘आकाशे खेती’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘आकाशे खेती’ को शीर्ष गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ भदै सुरु हुने गीतमा चलचित्रका मुख्य कलाकार समेटिएका छन् । गीतमा राजेश पायल राई , लोक पौडेल , अन्जु पन्त र सु्म्निमा इङनामको स्वर रहेको छ । यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रचना छ ।

चलचित्रमा निता ढुङ्गाना, विल्सन विक्रम राई, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनयको मुख्य भूमिका रहेको छ । चलचित्रमा राजु किराँतीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाङ्कन ,राम जी लामिछाने र राजीव सिंहको नृत्य निर्देशन रहेको छ । चलचित्र फागुन २७ गतेबाट प्रदर्शनमा आउने छ ।
https://youtube.com/watch?v=hyXlziKY6nE%3Ffbclid%3DIwAR0vo13G9M7B3UTndps8jWJtuTkkT76MAFMOXnOuxQm5h3cZpZiPNA_6lR4

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *