बतास समूहमा मेरो कुनै संलग्नता छैन : आरजु

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको दाबी गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञप्ती जारी गर्दै उक्त संस्थामा आफ्नो संलग्नता नरहेको दाबी गरेकी हुन् ।

नारायणीहिटी संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि सटरहरु निर्माण थालेको, भारत सरकारको सहयोगमा बनेको पशुपती धर्मशाला लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाएको व्यापारिक कम्पनी बतास अर्गनाइजेशनको सल्लाहकार रहेको भन्दै आलोचना भएपछि उनले विज्ञप्ती निकालेर यस्तो दाबी गरेकी हुन् ।

विज्ञप्तीमा उले आफू संलग्न संस्थाहरुको नाम र पदसमेत उल्लेख गरेकी छन् ।

उनका अनुसार उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको गरेकी छन् ।

त्यस्तै यूलेन्स स्कुल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षक रहेकी छन् । यी बाहेक अन्य कुनै संस्थाको कुनै पदमा संलग्न नहेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *