सुदूरपश्चिममा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो ।

छिमेकी मुलुक भारतबाट घर फर्किई रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एक जना सक्रिय सङ्क्रमित छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *