सुकुम्बासीलाई दिएको जग्गा बिक्री गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासीको नाममा दिइएको जग्गा बिक्री गर्ने कार्यमा संलग्न ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त भएको जग्गा बिक्रीमा संलग्न भएको आरोपमा मालपोत कार्यालयका बर्दिया गुलरियाका खरिदार राधेश्याम झा, नासु उदयसिंह रावल, नासु शम्भुप्रसाद अधिकारी, जग्गाधनी चन्द्रबहादुर सुनार, जग्गा खरिदबिक्री गर्ने टेकबहादुर सुनार र चन्द्रबहादुरकै जग्गा दृष्टिबन्धक पारिद गरि लिने भक्तबहादुरथापा विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

आयोगले सुकुम्बासीलाई वितरण गरेको जग्गा २५ वर्षसम्म बिक्री गर्न नमिल्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *