तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने
२०७८ पुस २१ गते

काठमाडौँ । तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले विज्ञप्ति निकालेर यस्तो जनाएको हो ।
मन्त्रालयले भनेको छ– ‘चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी लिन नपाइने भनेर पटक पटक सूचना र जानकारी सार्वजनिक गरिरहेको सन्दर्भमा केही मेडिकल कलेजले बढी शुल्क लिएको समाचारले ध्यानाकर्षण भएको भन्दै कुनै मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने छ ।’
मेडिकल कलेजले बढी शुल्क लिएनलिएकोबारे अनुमगनका लागि टोलि खटिइसकेको पनि मन्त्रालयले जनाएको छ ।
२०७८ पुस २१ गते
प्रतिक्रिया









