नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । आइडिया फर नेपालले बुधबार काठमाडौँमा आयोजना गएको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

नेपालको कृषि, जलविद्युत र पर्यटन जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई उनले आग्रह गरेका हुन् ।

नेपालको भूबनोट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन् ।

प्रतिकृतिमैत्री भएर लगानी गर्दा वातावरणसमेत जोगाउन सकिने समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *