५० वर्षपछि दैलेख सारियो सुन्दरी तोप (तस्बिरहरू)

सुर्खेत । दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेखमा सारिएको छ । २०२८ सालमा दैलेखमा भोकमरी लागेपछि ज्वालादल गुल्म सरेर सुर्खेत आउँदै गर्दा सुर्खेतमा सारिएको थियो । स्थानीय सरकार बनेपछि बुधबार मात्रै तोप दैलेख सारिएको हो ।

दैलेखको नारायण नगपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठका अनुसार २०२८ साल अघिसम्म दैलेखको ऐतिहासिक कोतगढिमा राखिएको थियो । त्यसपछि उक्त तोप सुर्खेत पुर्याइएको पचास वर्ष पछि स्थानीय सरकारको पहलमा दैलेखमै सारिएको श्रेष्ठले बताए ।

सङ्घीयता पछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अनेत्र लगिएका पुरातातिक सम्पदाहरू ल्याउनुपर्ने माग गर्दै आएका र स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

तोप पुरानो स्थान गढीमा राख्नु पर्ने भएपनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि तोपलाई दैलेखमा रहेको इन्द्र दल गुल्ममा राखिने भएको छ ।

के हो सुन्दरी तोप ?

सुन्दरी तोप बि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ । बुधवार दैलेखमा सारिएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ । सुन्दरी तोपको धार्मिक महत्त्व समेत रहेको जानकारहरू बताउँछन् ।

विजया दशमी तथा तिहारको समयमा टिकाको साइत तोप पट्काएर जनाइने र नागरिकहरूले तोपको साइत अनुसार दशैको टिका लगाउने कार्य अघि बढाउने पुरानो धार्मीम महत्तव रहेको बुझिन्छ ।

पर्यटकको आगमन हुने सम्भावना

यस्तै, सुन्दरी तोप पुनः ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने देखिएको छ । पानी माथि आगो बल्ने ज्वाला क्षेत्र, सिञ्जा राज्यको सितकालिन राज्य, पुरातातिक महत्तवको गडी, दर्जनौँ देवल लगायतका पुराना ऐतिहासिक सम्पदा दैलेखमा रहेका छन् ।

दैलेखका स्थानीय सरकारले पुराना सम्पदाको खोजिसँगै संरक्षण गरी पर्यटन प्रर्द्धनमा चासो दिए दैलेखमा पर्यटन आगमन पछि समेत आर्थिक रुपमा ठुलो टेवा पुग्ने देखिन्छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *