टेस्ट क्रिकेटमा न्युजिल्यान्डमाथि बंगलादेशको पहिलो जित

काठमाडौँ । बंगलादेशले न्युजिल्यान्डसँगको टेस्ट क्रिकेटमा इतिहासमै पहिलो जित हात पारेको छ । न्युजिल्यान्डको माउन्ट माउनगानुईमा भएको पहिलो टेस्टमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै बंगलादेश न्युजिल्यान्डसँग २१ वर्षमा पहिलो टेस्ट जित्न सफल भएको हो। यसअघि बंगलादेशले न्युजिल्यान्डमा ९ टेस्ट, १६ एकदिवसीयय र ७ टी–ट्वेन्टी खेलेको थियो।

पाँचौ दिन न्युजिल्यान्डले दोस्रो इनिङमा १६९ रन बनाउँदै अलआउट भएपछि बंगलादेशलाई जितका लागि मात्र ४० रन चाहिएको थियो। जुन लक्ष्य उसले २ विकेट गुमाएर पुरा गर्‍यो। दोस्रो इनिङमा न्युजिल्यान्डका विल योङले ६९ र रोस टेलरले ४० रन बनाए । ५ खेलाडी शुन्य रनमा आउट भए । बंगलादेशका इबादत हुसेनले ६ तस्कीन अहमदले ३ र मेहदी हसनले १ विकेट लिएपछि न्युजिल्यान्ड दोस्रो इनिङमा सामान्य योगफलमा अलआउट भयो ।

पहिलो इनिङमा न्युजिल्यान्डले डेभोन कन्वेको शतकमा ३२८ रन बनाएको थियो। जवाफमा बंगलादेशले पहिलो इनिङमा ४५८ रन बनाएको थियो। पहिलो इनिङमा १३० रनको अग्रता बनाएको बंगलादेशले दोस्रो इनिङमा कसिलो बलिङ गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

यससँगै बंगलादेश ७ जनवरी २०११ पछि न्युजिल्यान्डलाई घरेलु भूमिमा हराउने पहिलो एसियाली टीम बन्यो । न्युजिल्यान्डको टिम आफ्नै भुमिमा पाँच वर्षपछि पहिलोपटक टेस्टमा पराजित भएको हो। यसअघि सन् २०१७ मा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई उसकै भुमिमा हराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *