कोरोना प्रभाव : सर्न थाले भारतीय चलचित्र प्रदर्शन मिति

प्रभास र पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट प्रदर्शन हुने भएकोमा हाललाई स्थगित गरिएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि निर्माण पक्षले तत्काल प्रदर्शन नगर्ने निर्णय गरेको हो ।

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनीत चलचित्र ‘वालिमाई’को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ । यसअघि नै चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पछि हटेको छ ।

कोरोना सङ्क्रमण बढेसँगै भारतका केही राज्यमा चलचित्र हलहरू समेत बन्द हुन थालेका छन् ।

चलचित्र ‘टाइगर ३’ को छायांकन स्थलमा समेत कडाइ गर्न थालिएको छ । सलमान खानको यस चलचित्रको छायांकन स्थलमा टिमका सदस्य बाहेक अरूलाई प्रवेश गर्न दिइएको छैन भने पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *