‘पर्पला’ को फस्ट लुक सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नेपाली थ्रिलर हरर चलचित्र अस्ट्रेलियामा निर्माण गरिएको हो । चलचित्रमा लेखन, निर्देशन मनोज अधिकारीको रहेको छ ।

भानु प्रतापले ‘लालटिन’ पछि अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् । चलचित्रका मुख्य कलाकारको रूपमा पुकार गौतम रहेका छन् भने अभिनेत्रीको रूपमा बेली डान्सर निखिला बुढाथोकीले डेब्यु गर्दै छिन् । त्यस्तै रोजी पन्तले पनि यसै चलचित्र मार्फत सह नायिकाको रूपमा डेब्यु गर्दै छिन् ।

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुत कर्ता भानु प्रताप ढकाल हुन् । अस्ट्रेलियन छायाकार काश्मीर डिक्सनले छायांकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *