काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ चौकोट धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १ सय २१ जनाको ईसीजी, २ सय १३ जनाको रक्त परीक्षण र १ सय ८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ४२ जनाको दाँत झिकिएकाे छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *