आजदेखि दिने भनिएको कोरोनाको ‘बुस्टर डोज’ खोप स्थगित

काठमाडौँ । सरकारले ६० वर्षमाथिका नागरिक र दीर्घ रोगीलाई दिने भनेको कोरोना भाइरसविरुद्धको  ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेर अभियान हाललाई कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा  चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न आवश्यक भएकाले तत्काललाई खोप स्थगित गरिएको जनाएको हो । यसबारेमा चाँडै थप जानकारी गराइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई आजदेखि बुस्टर डोज खोप दिने सूचना हिजो निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *