‘म’काे छायांकन शुरू

काठमाडौँ । सुवर्ण थापाको निर्देशन रहने चलचित्र ‘म’ को छायांकन शुरू भएको छ । चलचित्रमा नरेन खड्का, सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुविना थापा, नीराजन प्रधान लगायत कलाकारले अभिनय गर्दै छन् ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको ‘म’ को निर्माण घोषणा दुई वर्षअघि नै भएकोमा अहिले नयाँ कलाकार तथा प्राविधिकका साथमा चलचित्र फ्लोरमा गएको हो । प्रकाश पुरीको लेखन तथा विमला गुरागाईँ निर्माता रहेको चलचित्र सामाजिक कथामा बन्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *