‘प्रेम गीत ३’ प्रदर्शन अनिश्चित

काठमाडौँ । चलचित्र ‘प्रेम गीत ३’ पूर्वघोषित मिति फागुन १३बाट प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चलचित्र प्रदर्शन मिति हाललाई स्थगित गरिएको हो ।

उनले भारतका बजार वितरकको सुझाव अनुसार नै निर्णय लिएको बताएका छन् । विश्व बजारमा नै एकै मितिमा चलचित्र प्रदर्शन गर्ने आग्रहलाई ध्यानमा राख्दै चलचित्र हाल प्रदर्शन नहुने बताइएको छ । भारतमा कोरोना सङ्क्रमण फैलिएको कारण चलचित्र हलहरू सरकारले बन्द गर्न थालेको छ । यसअघि चलचित्रको प्रदर्शन मिति २०७६को चैत २८लाई तोकिएको थियो ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतलगायतको मुख्य भूमिका छ ।

चलचित्रको छायाङ्कन राजेश श्रेष्ठले गरेका हुन् । जसमा कल्यान सिंहको सङ्गीत, कविराज गहतराजको नृत्य रहेको छ । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र २ सय वर्ष पुरानो प्रेम कथामा आधारित रहेर बनाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *