आजदेखि बुस्टर डोज दिइने, क-कसले पाउँछन् ?

काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो ।

यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि अतिरिक्त खोप दिन सुरु गरिने बताए । ‘अतिरिक्त खोप लक्षित समूह जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई दिइनेछ भने बुस्टर डोज सबैलाई दिइनेछ’ उनले भने ।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिने सिफारिस गरेको थियाे ।

क-कसले पाउनेछन् ?

  • मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
  • सक्रिय क्यान्सर पीडित
  • अंग प्रत्यारोपण गरेका बिरामी
  • एचआइभी भएका बिरामी
  • उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी
  • साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्ति

उल्लेखित समूहमा पर्ने लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *