बैंकका ‘क्रसहोल्ड’ सेयर १० प्रतिशतभन्दा बढी रहेका लघुवित्त गाभिनु पर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संथको ‘क्रसहोल्ड’ सेयर रहेका लघुवित्त गाभ्ने व्यवस्थालाई बाध्यकारी बनाएको छ ।

यो व्यवस्था अन्तर्गत बाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको एकभन्दा बढी लघुवित्त संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको अवस्थामा त्यस्ता संस्था गाभिनुपर्ने छ ।

त्यस्तै, दुई र तीन ओटा लघुवित्तमा एउटा बैंक, वित्तीय संस्था वा फाइनान्स कम्पीको सेयर स्वामित्व जोड्दा ५१ प्रतिशत पुग्ने रहेछ भने पनि त्यस्ता लघुवित्त गाभिनुपर्ने छ ।

बैंक वित्तीय संस्थाले यसका २०७९ असारभित्र मर्जर कार्ययोजना बनाउनाएर राष्ट्र बैंकमा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *