नबिल बैंकद्वारा सुदूरपश्चिममा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंकले सुदूरपश्चिम प्रदेशका गाउँपालिकाहरुमा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकका अनुसार नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिममा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तरक्रियाका दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीले उठाएका जिज्ञासा तथा सुझावको समेत सम्बोधन गरिएको थियो ।

त्यस्तै, बैतडीको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो ।

यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ ।

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु ११ देखि १८ सम्म सञ्चालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी छन् । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन दिन नबिल दिगाे बैंकिङको सुरुवात गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैकिङ कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा शुरु गरेको छ । बैंकले ग्रामी सत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका यी कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =