सेयर बजारमा ३२ अंकको सुधार, साढे ४ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन उतारचढावका बीच अन्तिमसम्ममा सेयर बजार (नेप्से) परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ बिन्दुमा उक्लिएको छ ।

यस दिन २३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमालगायत समूहका उपसूचकहरु बढेका छन् ।

यस दिन मध्येभोटेकोसी, गुराँस लघुवित्त, एनआईसी एसिया, साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी बढेका छन् ।

त्यस्तै रुरु जलविद्युत् कम्पनी, नेपाल बंगलादेश बैंक, कालिका पावर, लम्बिनी जनरल इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =