‘बुलबुल’ले जित्यो ३ विधामा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने क्रम रोकिएको छैन । इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा यो चलचित्रले ३ वटा अवार्ड हात पारेको छ ।

भर्चुअल माध्यमबाट भएको फिल्म फेस्टिभलमा उत्कृष्ट महिला कलाकारको अवार्ड स्वस्तिमा खड्का, उत्कृष्ट पुरुष कलाकारको अवार्ड मुकुन भुसाल र उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले प्राप्त गरेका हुन् ।

अविरल थापा निर्मित चलचित्रमा स्वस्तिमा र मुकुनको अलावा बुद्धि तामाङ, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्र विनोद पौडेलले नै लेखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *