विद्युत् प्राधिकरणका कर्मचारीलाई नेपाल एयरलाइन्सले भाडामा १५ प्रतिशत छुट दिने

काठमाडौँ। नेपाल वायु सेवा निगम र नेपाल विद्युत् प्राधिकरणबीच अन्तर्राष्ट्रिय उडानमा यात्रु र कार्गो ढुवानीमा नेपाल एयरलाइन्सको विमानबाट गर्नका लागि सम्झौता भएको छ ।

सोमबार पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल वायु निगमका अध्यक्ष युवराज अधिकारी र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार अब विद्युत् प्राधिकरणका सबै कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल एयरलाइन्सबाट अन्तर्राष्ट्रिय हवाई उडानमार्फत् यात्रा गर्दा १५ प्रतिशत छुट पाउनेछन् । साथै प्राधिकरणले सबै कर्मचारीलाई नेपाल एयरलाइन्सबाटै यात्रा गर्नका लागि सूचना समेत जारी गर्नेछ । प्राधिकरणका कर्मचारीले परिचय पत्रका आधारमा छुट प्राप्त गर्नेछन् ।

साथै कार्गो ढुवानीको हकमा समेत नेपाल एयरलाइन्सले ५ देखि १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

कार्यक्रमा बोल्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले दुई सरकारी संस्थाले एक अर्कोको सेवा उपयोग गर्ने काम राम्रो शुरुवात भएको बताए । यसले एक आपसमा सहकार्यको भाव पैदा भएको उनको भनाइ छ ।

त्यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका सबै कर्मचारीले सकेसम्म नेपाल एयरलाइन्स नै प्रयोग गर्ने बताए । साथै निगमका अध्यक्ष अधिकारीले पनि यो सहकार्य सुखद् शुरुवात भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *